×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भारतको सहयोगमा ८ करोड बढीका दुई परियोजना निर्माण हुने

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा नेपालमा दुई परियोजना निर्माण हुने भएको छ ।

स्वास्थ्य र शैक्षिक क्षेत्रका दुईवटा सामुदायिक विकास परियोजनाको निर्माणका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौँस्थित भारतीय राजदूतावासबीच बुधबार सम्झौता भएको हो ।

रामेछापको मालागिरी शान्ति योगाश्रम र डोटीको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस निर्माणका लागि सम्झौता भएको हो । दुवै परियोजनामा कूल आठ करोड ३३ लाख रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । परियोजना रामेछाप नगरपालिका र बडीकेदार गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ । परियोजना निर्माणले स्थानीयलाई गुणस्तरीय स्वास्थ्य तथा शैक्षिक सुविधा पुग्ने विश्वास लिइएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: