×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नक्कली भुटानी शरणार्थी प्रकरणः ५७औँ दिनमा अनुसन्धान सकियो, मञ्जु खाँण र बादल लगायतविरुद्ध मुद्धा नचल्ने !

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको विरुद्धको प्रहरी अनुसन्धान टुंगिएको छ । सरकारी वकिल कार्यालय काठमाडौंमा प्रहरीले आइतबार अनुसन्धान प्रतिवेदन बुझाउँदैछ ।

प्रहरीले पक्राउ गरेको १६ जनासहित अन्य ३० अभियुक्तविरुद्ध संगठित अपराध र ठगी कसुर अन्तगर्तको मुद्धा चलाएको छ । उनीहरुविरुद्ध राज्यविरुद्धको अपराध मुद्धा पनि चलाइने प्रहरीले जानकारी दिएको छ । केही अभियुक्तविरुद्ध किर्ते (लिखत सम्बन्धि कसूर) मुद्धा पनि चल्ने प्रहरीको भनाई छ । नक्कली शरणार्थीका नाममा ठगी भएको भन्दै एक सय ६ पीडितले उनीहरुविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । मुद्धामा २६ करोड ८८ लाख ५७ हजार रुपैयाँ ठगी भएको भन्दै बिगो दाबी भएको छ ।

पक्राउ अभियुक्तविरुद्ध आकर्षित हुनेजति सबै मुद्या लाग्ने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सिताराम रिजालले बताएका छन् । ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जना पक्राउ परेका छन् । बाँकी फरार छन् । उनीहरुविरुद्ध आकर्षिक हुने जति सबै मुद्धा लगाइनेछ ।’, उनले भने, ‘अनुसन्धान करिब–करिब पुरा भएको छ । प्रतिवेदन आजै सरकारी वकिल कार्यालयमा पेश हुनेछ ।’

पक्राउ अभियुक्तविरुद्ध मुद्धा चलाउने सन्दर्भमा शनिवार काठमाडौं उपत्यका प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका उच्च अधिकृत पटक–पटक बैठक बसेका थिए । बैठकमा अभियुक्तविरुद्ध राज्य विरुद्धको कसूर पनि चलाउनु पर्ने सम्बन्धमा छलफल भएको थियो । यस बिषयमा बैठकमा सहभागि सबै उच्च प्रहरी अधिकृत सहमत भएको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार अभियुक्त विरुद्ध मुद्या चलाउने चलाउने सन्दर्भमा आइतबार बिहान पनि अनुसन्धानमा संलग्न उच्च प्रहरी अधिकृतबीच बैठक बसेको छ । ‘पक्राउ अभियुक्त विरुद्ध कुन–कुन मुद्धा चलाउने विषयमा आज पनि बैठक बसेको छ ।’, अनुसन्धानमा संलग्न एक उच्च प्रहरी अधिकृतले भने, ‘१० बजेसम्ममा यो विषय टुंगिएला । त्यसपछि अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश हुनेछ ।’

प्रहरीले घटनामा संलग्न भएको अभियोगमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसांसद आङटावा शेर्पा, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजालजस्ता हाई प्रोफाइललाई पक्राउ गरेको छ । त्यसबाहेक धन्दामा संलग्न सन्दीप रायमाझी, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरीलाई पनि पक्राउ गरेको छ । प्रतीक थापा, नीरज राई, केशव तुलाधार, अशोक पोख्रेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनील बुढाथोकी, विनिता लिम्बू, निरञ्जन खरेल, राजेश अर्याल, हरिभक्त महर्जन, आशिष बुथाथोकी र रमा थापा फरार छन् । प्रहरीले उनीहरु विरुद्ध पनि मुद्या चलाउने तयारी गरेको छ ।

घटनामा मुछिएका पूर्वगृहमन्त्री रामबहादुर थापा (बादल), कांग्रेस सांसद मञ्जु खाण, पूर्वगृहसचिवद्वय प्रेमकुमार राई र महेश्वर न्यौपाने, राजेश बज्राचार्य, डा. अजयक्रान्ति शाक्य, नैनकला थापा, लीला जिसी, राजेश्वर स्थापितलगायतविरुद्ध भने प्रहरीेले तत्काल मुद्धा नचलाउने निश्कर्षमा प्रहरी पुगेको छ । घटनामा पक्राउ परेका अभियुक्तले उनीहरुविरुद्ध पनि बयान दिएका थिए । तर, ठोेस प्रमाण फेला नपर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छैन ।

प्रहरीले घटनाको अनुसन्धान ५७ दिन अघिबाट सुरु गरेको थियो । १२ चैतमा घटनामा संलग्न भएको अभियोगमा प्रहरीले केशव दुलाल र सानु भण्डारीलाई पक्राउ गरेको थियो । त्यसको तीन दिनपछि अर्थात १५ चैतमा प्रहरीले अर्का बिचौलिया सागर राईलाई पक्राउ गरेको थियो । २९ चैतमा सन्देश शर्मा पक्राउ परेपछि मात्रै प्रहरी संगठित अपराधमा मुद्या चलाउने निश्कर्षमा पुगेका थियो । त्यसपछि इन्द्रजीत राई, टेकनारायण पाण्डे, बालकृृष्ण खाण लगायतका हाइप्रोफाइल पक्राउको सिलसिल सुरु भएको थियो ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: