×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दोस्रो बजारमा आत्मनिर्भर लघुवित्तको सेयर कारोबार खुल्यो, बिपिडब्लुको किन खुलेन ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

दोस्रो बजारमा आत्मनिर्भर लघुवित्तको सेयर कारोबार खुल्यो, बिपिडब्लुको किन खुलेन ?

Artha Sarokar

१९ बैशाख २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण सम्झौता भएका दुई लघुवित्तको आईपीओ मध्ये एउटाको मात्र सेयर कारोबार दोस्रो बजारमा खुलेको छ । गत आइबार नेप्सेमा सूचीकरण सम्झौता भएका आत्मनिर्भर लघुवित्त र बिपिडब्लु लघुवित्तीय वित्तीय संस्था मध्ये आत्मनिर्भर लघुवित्तको मात्र सेयर कारोबार आजबाट दोस्रो बजारमा खुलेको हो ।

स्पेसल प्रि–सेसनमा आज नेप्सेले तोकेको रेन्जभित्र आत्मनिर्भर लघुवित्तको सेयर किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो भने नेप्सेले तोकेको रेन्जभित्र कारोबार हुन नसकेपछि बिपिडब्लु लघुवित्तको सेयर कारोबार नखुलेको हो । भोलि नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएको खण्डमा बिपिडब्लुको सेयर पनि कारोबारमा आउनेछ।

नेप्सेमा ६ लाख २३ हजार ३८० कित्ता सूचीकृत भएको आत्मनिर्भर लघुवित्तको आईपीओमा  सर्वसाधारण लगानीकर्ता (कर्मचारीसहित)को २ लाख ३ हजार ३८० कित्ता र संस्थापक समूहको ४ लाख २० हजार कित्ता छ । 

यो लघुवित्तलाई नेप्सेले ‘एएनएलबी’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि यो लघुवित्तले प्रतिकित्ता न्यूनतम ३७१.८२ रुपैयाँ र अधिकतममा १११५.४६ रुपैयाँ ओपनिङ रेन्ज पाएको थियो। आज प्रिसेसनमा यो लघुवित्तको सेयर प्रतिकित्ता ४०३.८० रुपैयाँमा कारोबार भएको हो। 

यसैगरी नेप्सेमा बिपिडब्लुको ३ लाख कित्ता सेयर सूचीकृत भएको छ । जसमा सर्वसाधारण लगानीकर्तालाई वितरण गरिएको (विदेशमा रहेका नेपाली श्रमिक र सामूहिक लगानी कोषसहित) ९७ हजार कित्ता र संस्थापक समूहको २ लाख ३ हजार कित्ता छन्। 

नेप्सेले बिपिडब्लु लघुवित्तलाई ‘बीपीडब्ल्यू’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले यो लघुवित्तलाई प्रतिकित्ता न्यूनतम ८६.७८ रुपैयाँदेखि अधिकतममा २६०.३४ रुपैयाँ तोकेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी