काठमाडौं । इङवा हाईड्रोपावर लिमिटेडको वैशाख २७ गते आइपिओ बाँडफाँड भएको छ । सो सेयरमा १ लाख २६ हजार ८ सय ६३ जना सर्वसाधारणले गोलाप्रथामार्फत् सेयर हात परेका छन् । जसमा ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर हात परेका हुन् ।
उक्त आइपिओमा कुल १२ लाख ३ हजार ९ सय ९५ जनाले आवेदन दिएकोमा ४ हजार २८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक नेपाल एसबिआइ मर्चेन्ट बैंकिङले जनाएको छ । कम्पनीले वैशाख १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ६८ हजार ६३९ कित्ता सेयर बिक्री खुला गरेको थियो ।
लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, इङवा हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट http://iporesult.cdsc.com.np बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्