×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुथेली बुखरी स्मल हाइड्रोपावरले जेठ १९ गतेदेखि आइपीओ बिक्री खुला गर्ने, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

PRIME CA

कुथेली बुखरी स्मल हाइड्रोपावरले जेठ १९ गतेदेखि आइपीओ बिक्री खुला गर्ने, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

९ जेष्ठ २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले जेठ १९ गतेदेखि आइपिओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपिओ निष्काशन गर्न लागेको हो ।

कम्पनीको जारी पुँजी १२ करोड १८ लाख ३७ हजार ५ सय रुपैयाँको १० प्रतिशत अर्थात १ करोड २१ हजार ८६ हजार ८ सय रुपैयाँ बराबरको १ लाख २१ हजार ८ सय ६८ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्ने भएको हो ।

उक्त आइपीओमा दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नं. ९ (साविकको सुष्पा क्षमावती गाविसका सम्पूर्ण वडाहरु) तथा भिमेश्वर नगरपालिका वडा नं. १ (साविकको सुद्रावती गाविसका सम्पूर्ण वडाहरु) का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १२ लाख १८ हजार ६ सय रुपैयाँ बराबरको सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन हुनेछ । जसअनुसार प्रतिसेयर १ सय अंकित दरले १२ हजार १८६ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो ।

दुवै समूहका लगानीकर्ताले कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले असार १ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा असार १७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने आसर १ गतेभित्र आवेदन दिनु पर्नेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई इक्रा एनपी त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: