×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संघीय सरकारले अनुदान कटौती गरे पनि काठमाडौं महानगरले बजेट नघटाउने, आफ्नै स्रोत बलियो भएको दाबी !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार

PRIME CA
laxmi sunrise bank

संघीय सरकारले अनुदान कटौती गरे पनि काठमाडौं महानगरले बजेट नघटाउने, आफ्नै स्रोत बलियो भएको दाबी !

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि गत वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । काठमाडौं महानगरपालिका राजस्व विभागका प्रमुख धुव्र काफ्लेका अनुसार चालु आर्थिक वर्षको भन्दा बजेटको आकार बढ्ने तर घट्ने स्थितिमा छैन ।

काठमडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि करिब रु २५ अर्ब बजेट विनियोजन गरेको थियो । नयाँ आर्थिक वर्षमा केही नयाँ योजना ल्याउने तयारी भए पनि धेरैजसो पुराना योजनाहरुले नै निरन्तरता पाउने काफ्लेको भनाई छ । सङ्घीय सरकारले अनुदान कटौती गर्दा पनि महानगरपालिकाले आफ्नै स्रोत बलियो बनाएको कारण बजेटमा धेरै हेरफेर नहुने उनले बताएका छन् ।

महानगरले आगामी वर्ष बन्ने नीति कार्यक्रम र बजेटमा टोलस्तरीय भेलादेखि अनलाइनबाट पनि सुझाव सङ्कलन संयन्त्र परिचालन गरेको छ । महानगरले बनाउने योजनामा २३ वटा शीर्षकमा सुझाव पठाउन सकिनेछ । उक्त संयन्त्रको प्रयोग अनलाइनमार्फत गर्न सकिनेछ । महानगरको विकास, सुविधा वितरण, सेवा प्रवाह तथा समृद्धिका लागि कुनकुन क्षेत्रमा कस्ता नीति बनाउनु पर्ला ? कस्ता कार्यक्रम राख्नुपर्छ भन्ने जस्ता विषय छनोटमा पार्नु पर्ला ? जस्ता प्रश्नहरु सोधेर सुझाव मागिएको हो ।

महानगरले भौतिक पूर्वाधार (सडक/ढललगायत पूर्वाधार) मर्मत, सम्भार तथा पुनःनिर्माण, यातायात तथा सहरी गतिशीलतासँग सम्बन्धित योजना, शैक्षिक क्रियाकलाप र शैक्षिक गुणस्तर वृद्धि, स्वास्थ्य प्रवर्द्र्धन केन्द्र र आधारभूत स्वास्थ्य सेवा तथा बीमा भवन निर्माण र इजाजत, फोहरमैला व्यवस्थापन सङ्कलन, ढुवानी लगायतको विषय छनोटका लागि राखिएका छन् ।

त्यस्तै, पुनः निर्माण, विद्युतीय शासन प्रणाली, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति विशेष कार्यक्रम, सहकारी दर्ता, नवीकरण तथा नियमन, कानुन तथा मानव अधिकारअन्तर्गत न्यायिक प्रणाली, कृषि तथा पशु बजार व्यवस्थापनलगायत छन् । सुझावहरु यही जेठ ९ गतेभित्र पठाइसक्नु पर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: