×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विज्ञापनमा अनुमति लिन काठमाडौं महानगरपालिकाको निर्देशन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

विज्ञापनमा अनुमति लिन काठमाडौं महानगरपालिकाको निर्देशन

Artha Sarokar

२१ बैशाख २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौं महानगरपालिकाले विज्ञापन दातालाई बाह्य विज्ञापन गर्न अनुमति लिन तथा नवीकरण गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाले बिहिबार एक सूचना प्रकाशित गरी महानगरपालिका क्षेत्रभित्र काठमाडौं महानगरपालिका विज्ञापन कर निर्देशिका, २०६४ र काठमाडौं महानगरपालिका विज्ञापन बोर्ड तथा प्रचार सामग्री नियमन गर्ने नीति, २०७० मा भएको व्यवस्था अनुसार मापदण्ड पूरा गरेका विज्ञापन दातालाई १५ दिनभित्र उल्लेखित निर्देशिकाले तोकेको मापदण्ड र नीतिले तोकेको प्रक्रिया पूरा गरी सोसँग सम्बन्धित सम्पूर्ण कागजातसहित महानगरपालिका राजस्व विभाग वा सार्वजनिक निजी साझेदारी एकाइमा निवेदन गर्न अनुरोध गरेको हो ।

तोकिएको समयभित्र अनुमति नलिएका वा नवीकरण नगरेका विज्ञापन दाताको विज्ञापन बोर्ड महानगरपालिकाले हटाउने र हटाउँदा सामान नष्ट भएमा महानगरपालिका जवाफदेही नहुने जनाएको छ । त्यस्तै, बोर्ड हटाउँदा लाग्ने खर्च सम्बन्धित विज्ञापन दाता वा घर जग्गाधनीबाट असुल उपर गरिने व्यहोरा सूचनामा उल्लेख गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी