×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुदूरपश्चिमको खप्तडमा पनि केवलबार ? चन्द्र ढकाल भन्छन्- ‘सरकारले सहजिकरण गरे यसैवर्ष काम सुरु हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले खप्तडमा लगानी बढाउनका लागि सरकारसँग सहकार्य गर्नुपर्ने बताएका छन् । सार्वजनिक निजी साझेदारीका आधारमा सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तडमा लगानी गर्न सरकारको सहयोग आवश्यक पर्ने उनको भनाई छ ।

खप्तडमा पर्यटन पूर्वाधार निर्माण र पर्यटन प्रवद्र्धनका लागि महासङ्घसँगको सहकार्यका लागि आएको सङ्घीय सांसद र प्रदेशसभा सदस्यको टोलीसँग अध्यक्ष ढकालले यसका लागि सरकारसँग सहकार्य गर्नुपर्ने बताएका हुन् । ‘पर्यटकीय पूर्वाधार निर्माणका लागि वातावरणीय मूल्याङ्कन र जग्गा प्राप्ति निकै कठिन कठिन छ ।’, उनले भने, ‘यसका लागि सरकारले सहजीकरण गर्नुपर्छ ।’

त्यस्तै, ढकालले यसै पटकको बजेटबाट सरकारले सहजीकरण गरे तत्काल लगानी गर्न सकिने पनि बताएका छन् । सातै प्रदेशमा केवलकार निर्माणको नेतृत्व गर्नुभएका अध्यक्ष ढकाललाई खप्तडमा पनि केवलकार निर्माण सो टोलीले आग्रह गरेको थियो । यही जेठ २३, २४ र २५ खप्तडमा आयोजना हुने प्रवद्र्धन कार्यक्रममा सहभागी हुन अध्यक्ष ढकाललगायत महासङ्घका सदस्यलाई टोलीले निमन्त्रणासमेत गरेको छ ।

भेटमा राष्ट्रियसभा सदस्य गरिमा शाहले खप्तडमा भारतीयलगायत आन्तरिक पर्यटकको पनि आकर्षण रहने हुँदा निजी क्षेत्रका लागि पनि अवसर रहेको बताइन् । खप्तड क्षेत्र पर्यटन विकास व्यवस्थापन समितिका शेरबहादुर खड्काले प्रस्तावित कार्यक्रमले प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । भेटमा शाह, खड्का, प्रदेशसभा सदस्य दीर्घ सोडारी र दीपकसिंह ओली, नेपाली कांग्रेसका नेता गोविन्दबहादुर शाह, व्यवस्थापन समितिका सदस्य हर्कबहादुर सिंह सहभागी हुनुहुन्छ । यसैगरी महासङ्घका उपाध्यक्ष सुरकृष्ण वैद्य र कोषाध्यक्ष निरक केसीको समेत सहभागिता थियो ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: