×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘यही सरकार डेढ वर्ष टिके देश टाँट पल्टिन्छ’- ओली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘यही सरकार डेढ वर्ष टिके देश टाँट पल्टिन्छ’- ओली

Artha Sarokar

१९ बैशाख २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही सरकार डेढ वर्ष टिके देश टाँट पल्टिने बताएका छन् । काठमाडौंमा आयोजित मिसन ग्रासरुट अभियान अन्तर्गत सम्मान तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

हाल मुलुकको अर्थतन्त्र पूर्ण रुपमा ओरालो गतिमा रहेको ओलीको दाबी छ । तर, ओरालो लागेको अर्थतन्त्रलाई जोगाउने सामथ्र्य यो सरकारमा नभएको दाबी गर्दै ओलीले यही अवस्था रहे डेढ वर्षमा देश टाँट पल्टिले बताएका हुन् ।

‘अहिले मुलुकको अर्थतन्त्र ओरालो गतिमा छ । अर्थतन्त्र सुधार्ने सामर्थ्य यो सरकारसँग छैन ।’, ओलीले भने, ‘यही सरकार रहिरहने हो भने देश टाँट पल्टिनु अनिवार्य छ । देश टाँट पल्टिदैछ ।’

त्यस्तै, ओलीले हाल मुलुकमा पैसा नभएकै कारण आयातमा कमी आएको समेत दाबी गरेका छन् । मन्दीका कारण देशभरका उद्योगहरु धमाधम बन्द भएको र निर्माण व्यवसाय ध्वस्त भएको भन्दै ओलीले सत्तारुढ गठबन्धनलाई मुलुकको चिन्ता नभएको आरोपसमेत लगाएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी