काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बहालवाला सांसदलाई बाटोमै पक्राउ गर्नु रहस्यमय भएको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिंहदरबारमा भेटेर बाहिरिने क्रममा ओलीले नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको विषय रहस्यपूर्ण भएको टिप्पणी गरेका हुन् ।
‘यो तानिएको हो कि तनाइएको हो अध्ययन गर्दैछौं । चार वर्षअगाडि चेक काटेको छ, त्यो पनि उसैसँग रहेको कुरा छ । एउटा सांसद, उपप्रधानमन्त्री भइसकेको पार्टीको नेता षड्यन्त्रपूर्ण ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनु रहस्यपूर्ण छ । भागेर जाने कुरा होइन ।’ निर्दोषलाई फसाउन खोजे आफूहरूले नसहने बताउंदै ओलीले दोषि भए कारबाही हुनुपर्ने बताएका हुन् ।
त्यस्तै, आफूले त्यसबारे प्रधानमन्त्रीलाई पनि ध्यानाकर्षण गराएको उनको भनाई छ । पक्राउ पुर्जीपछि आफूले पनि फोन गरेर कुरा गरेको र रायमाझी काठमाडौं आउँदै गरेको समेत उनले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्