×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘केपी ओली बाघ हो, बरु भोकै मर्छ तर म्याउँम्याउँ गर्दैन’

PRIME CA
GLOBAL IME BANK

‘केपी ओली बाघ हो, बरु भोकै मर्छ तर म्याउँम्याउँ गर्दैन’

७ जेष्ठ २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीन प्रमुख दलको भेटघाटलाई शंकाको घेरामा राख्नु गलत भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले नेताहरुको भेटघाटलाई शंकाको घेराभित्र राखिनु गलत भएको बताएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा शिर्ष दलका नेताहरु पक्राउ पर्न थालेपछि कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको भेट बाक्लिएको थियो । त्यसबेला संसददेखि सडकसम्मै तीन दलको भेटघाटप्रति धेरैले आपत्ति जनाएका थिए । यतिसम्म कि विभिन्न राजनीतिक दलका नेताहरुले तीन दलको मात्रै छुट्टै बैठक नबस्नसमेत आग्रह गरेका थिए ।

तर, उक्त समयमा भएको भेटघाट केवल देशको समृद्धिका लागि मात्रै भएको ओलीले दाबी गरेका छन् । ‘प्रमुख तीन दलको बैठक बस्दा शंका पैदा भयो, संसद बैठक पटक-पटक बस्दा शंका पैदा भयो, मन्त्रिपरिषद्को बैठक बस्दा शंका पैदा भयो । के भनेको त्यो ?’, संसदमा प्रश्न गर्दै ओलीले भने, ‘तीन दलको बैठकमा दुई दल दुधको कुण्डमा नुहाएको अनि म चाहिँ मेरो मान्छे बचाईदेउ भन्दै म्याउम्याउ गरेको ? बाघ भोकै मर्ला तर घाँस खाँदैन, म्याउँम्याउँ गर्दैन ।’

त्यस्तै, ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दोषीलाई उम्काएर निर्दोषलाई फसाउने प्रयास गरेको समेत आरोप लगाएका छन् । उक्त प्रकरण सजिलै सामसुम पार्न नसकिने बताउँदै ओलीले निष्पक्ष छानबिनको समेत माग गरेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: