Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंक र क्वालिटी सोलुसनबीच सम्झौता, ग्राहकहरुलाई १५ प्रतिशत छुट

अर्थ सरोकार

काठमाडौं । कुमारी बैंक लिमिटेड र क्वालिटी सोलुसन प्रा.लि.बीच कुमारी बैंकका ग्राहकहरूलाई क्वालिटी सोलुसन प्रा. लि. बाट १५% सम्म छुट प्राप्त हुने सम्झौता भएको छ ।

अब कुमारी बैंकका मोबाईल बैंकिङ प्रयोगकर्ता तथा डेबिट र क्रेडिट कार्डवाहकहरुले क्वालिटी सोलुसन प्रा. लि. बाट विभिन्न क्षमताका उपकरण्हरु खरिद गर्दा १५% सम्म छुट प्राप्त गर्न सक्नेछन् । अहिलेको वर्तमान परिपेक्षमा आफ्ना ग्राहकलाई यस्ता विद्युत्तिय उपकरणहरु खरिद गर्दा सहुलियत प्राप्त होस् भन्ने उद्देश्यले कुमारी बैंकले यो सम्झौता गरेको हो ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ ए.टि.एम. तथा ६२ शाखा रहित बैंकिङ ईकाई सहितका सञ्जालहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK