काठमाडौं । संघीय संसद सचिवालयले सांसद लक्ष्मी महतो कोइरीलाई निलम्बन गरेको छ । नेपाल प्रहरीले सांसद कोइरी फरार अभियुक्त रहेको भन्दै दोस्रो पटक पत्र पठाएपछि सचिवालयले सांसद कोइरीलाई निलम्बन गरेको हो ।
मंसिर ४ गतेको चुनावमा महोत्तरी १ बाट निर्वाचित नेकपा एमालेका सांसद कोइरीलाई मंगलबार सभामुख देवराज घिमिरेले निलम्बनको निर्णय गरेको संघीय संसद सचिवालयले जनाएको छ ।
मधेश आन्दोलनका क्रममा असई थमन विकको हत्यामा संलग्न रहेको भन्दै उच्च अदालत जनकपुरले कोइरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर, कोइरी त्यसबेलादेखि नै फरार छन् ।