×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘एक हप्तामै सवारी लाइसेन्स पाउने व्यवस्था हुन्छ’- मन्त्री ज्वाला

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘एक हप्तामै सवारी लाइसेन्स पाउने व्यवस्था हुन्छ’- मन्त्री ज्वाला

Artha Sarokar

७ जेष्ठ २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने झन्झटिलो प्रक्रियाको अन्त्य गर्दै अब एक हप्ताभित्र प्राप्त गर्ने व्यवस्था गर्न लागिएको बताएका छन् । पूर्व अरनिको यातायात प्रालिले ल्याएको निःशुल्क स्कुल बस सेवाको उद्घाटन गर्दै उनले सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने सम्पूर्ण झन्झटिलो व्यवस्थाको अन्त्य गर्न आफू लागिरहेको बताएका हुन् ।

‘सवारी चालक अनुमतिपत्र लिन घण्टौँ लाइन बस्नुपर्ने, सेवाग्राहीले धेरै झन्झट व्यहोर्नुपर्ने, चालक अनुमतिपत्र लिन एक वर्ष कुर्नुपर्नेजस्ता यहाँभित्रका धेरै बेथिति केलाएका छौँ ।’, उनले भने, ‘त्यसको अब अन्त्य गर्छौँ, अब हप्ता दिनमै सवारी चालक अनुमतिपत्र पाउने व्यवस्था गर्दैछौँ ।’

नागरिकले सवारी चालक अनुमतिपत्र समयमै प्राप्त गर्नका लागि थप प्रिन्टर मेसिन खरिद गरेर लामो लाइनमा बस्नुपर्ने र लामो समय कुनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रक्रिया अगाडि बढाएको उनले बताएका छन् ।

कतिपय व्यवस्थालाई परिवर्तन गर्न कानुन नै बाधक बन्ने र त्यस्ता कानुनलाई संशोधन गरेर सहज बनाउँदै लानुपर्ने मन्त्री ज्वालाको भनाई छ । ‘अहिले सवारी चालक अनुमतिपत्रको नवीकरण पाँच वर्षमा गर्नुपर्ने कानुनी व्यवस्था छ । त्यसलाई संशोधन गरी १० वर्ष पुर्याउने भएका छौँ । त्यसको प्रक्रिया पनि अगाडि बढाएका छौँ ।’, उनले भने, ‘स्मार्ट लाइसेन्सको अवधि २० वर्ष तर नवीकरण गर्नुपर्ने व्यवस्था पाँच वर्षमा गर्दा व्यवहारिक पनि भएन, त्यसैले अब नवीकरणलाई १० वर्षमा गर्ने व्यवस्था गर्न लागेका हौँ ।’

सडक पूर्वाधारमा लगानी बढाएर रोजगारीका अवसर सिर्जना गरी राष्ट्रलाई समृद्धितर्फ लैजान आफू लागिरहेको बताउँदै मन्त्री ज्वालाले अर्थतन्त्रमा आएको सङ्कटका कारण पूर्वाधारका क्षेत्रमा लगानी बढाउन नसक्ने अवस्था आए पनि जनतासँग प्रत्यक्ष जोडिने सडक भएकाले सडक क्षेत्रमा लगानी बढाउने प्रयास सरकारले गरिरहेको बताउनुभयो । आफू मन्त्री भएर आएदेखि नै सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै उहाँले अलपत्र र रुग्ण अवस्थामा रहेका सडकका योजनालाई टुङ्गोमा पुर्याउन मन्त्रालयले समयमै गुणस्तरीय सडक निर्माण गर्न अभियान नै थालेको बताउनुभयो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी