×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१ हजारमा लोभ गर्दा १ करोड खर्चेर राखिएको डाटा हराएपछी लोकसेवा आयोगमा हंगामा, परिक्षार्थीमाथि चरम खेलबाड !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार

PRIME CA
laxmi sunrise bank

१ हजारमा लोभ गर्दा १ करोड खर्चेर राखिएको डाटा हराएपछी लोकसेवा आयोगमा हंगामा, परिक्षार्थीमाथि चरम खेलबाड !

काठमाडौं । १ हजार रुपैयाँको पेनड्राइभ किन्न खर्चको लोभ गर्दा १ करोड रुपैयाँ खर्च गरेर डाटा सेन्टरमा राखिएको लोकसेवा आयोगको डाटा हराएपछि अहिले आयोगमा हंगामा मच्चिएको छ ।

लोकसेवा आयोगमा दरखास्त दिएर परीक्षा कुरिरहेका करिब चार लाख आवेदकको तथ्यांक नै सिंहदरबारमा रहेको गभर्मेन्ट इन्ट्रिगे्रटेड डाटा सेन्टरबाट हटाएपछी अहिले लोकसेवाको परिक्षा कुरिरहेकाहरु मर्कामा परेका छन् । सो डाटा सेन्टरबाट लोकसेवा आयोग लगायत ६० वटा भन्दा बढी सरकारी निकायहरूको डाटा हराएको हो ।

डाटा ब्याकअपको चलन संसारभरी नै छ । बैंक तथा वित्तीय संस्थाहरुले अहिले विभिन्न छुट्टै सर्भरमा डाटा ब्याकअप गर्ने गर्दछन् । सानासाना कम्पनीले पनि आफ्नो डाटा क्लाउडमा ब्याकअप गर्ने गर्दछन् । सरकारले पनि सो डाटा एउटा पेनड्राइभ किनेर ब्याकअप गर्न सक्थ्यो । तर त्यहि १ हजार रुपैयाँको पेनड्राइभ किन्ने बुद्धि कसैले नदिंदा वा लापार्वाही गर्दा सरकारको लाखौँ तथ्यांक उडेको छ भने जनताले सास्ती भोग्नुपरेको छ।

लोकसेवाको प्रतिस्पर्धामा भाग लिने आवेदकले अनलाइनमा भरेका डाटाहरू इन्टरनेटको माध्यमबाट जीआईडीसीको सर्भरसम्म पुग्दछन् । ती डाटाहरू जीआईडीसीका सर्भरमा राखिएका विभिन्न डाटावेसमा गएर बस्दछन् । तर त्यहाँको डाटा छुट्टै डिक्स वा पेनड्राइभमा ब्याकअप नगर्दा अहिले लाखौँ जनताको तथ्यांक हराएको छ ।

यता लोकसेवा आयोगले डाटा हराएको स्वीकार्दै पुनः लोकसेवाका लागि दर्खास्त आह्वान गर्ने तयारी गरेको छ । यसले नेपालको डाटा सेक्युरिटी कुन हदसम्म कमजोर छ भन्ने प्रमाणित गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: