Skip to content
LAXMI SUNRISE BANK

आवेदकको डाटा हराएपछि लोकसेवा आयोगद्धारा पुनः दरखास्त माग

अर्थ सरोकार

काठमाडौं । आवेदकहरुको डाटा नै हराएपछि लोकसेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ । आयोगको सिस्टममा समस्या आउँदा करिब ४ लाख आवेदकको तथ्यांक नै हराएपछि आयोगले पुनः दरखास्त आह्वान गरेको हो ।

आयोगले २०७९ मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरुमा दरखास्त दिइसकेका आवेदकहरुबाट पुनः दरखास्त आह्वान गरेको हो । सम्बन्धित आवेदकहरुले आगागी जेठ १८ गतेभित्र पुनः दरखास्त पेश गर्नुपर्नेछ । पुनः दरखास्त दिँदा भने शुल्क नलाग्ने आयोगले जनाएको छ ।

आवेदकको तथ्यांक नै सिंहदरबारमा रहेको गभर्मेन्ट इन्ट्रिगे्रटेड डाटा सेन्टरबाट हटाएपछी अहिले लोकसेवाको परिक्षा कुरिरहेकाहरु मर्कामा परेका छन् । सो डाटा सेन्टरबाट लोकसेवा आयोग लगायत ६० वटा भन्दा बढी सरकारी निकायहरूको डाटा हराएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK