काठमाडौं । महोत्तरीमा एनएमबी बैंक लुटिएको छ । महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर २ स्थित बैंकको शाखाबाट मंगलबार मध्यान्न १२ बजेर २५ मिनेटमा रकम लुटपाट भएको हो ।
बैंकको उक्त शाखामा कर्मचारीलाई स्थानीय हतियार देखाएर लुटपाट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख तथा प्रहरी उपरिक्षक प्रकाश मल्लले जानकारी दिएका छन् । ‘बैंकको उक्त शाखामा मोटरसाइकलमा आएका ४ जनाको हरियारधारी समुहले पेस्तोल देखाएर रकम लुटेको हो ।’, उनले भने, ‘बैंकका कर्मचारीलाई हतियार देखाएर काउन्टरमा भएको रकम सोरसार पारी लुटेको भेटिएको छ । उनीहरुको खोजीकार्य गरिरहेका छौँ ।’
एसपी मल्लका अनुसार बैंकबाट करिब ३५ लाख रुपैयाँ लुटिएको छ । हाल उनीहरुको खोजीकार्य तिव्र पारिएको छ । बैंक लुट्ने को हुन् भन्ने अझै पनि खुलेको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्