काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही व्यक्तिहरु लुटेरै धनी बनेको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे धारणा राख्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
त्यस्तै नेपालले अपराध गरेरै धनी बन्ने प्रवृत्ति घातक रहेको टिप्पणी गरेका छन् । ‘केही व्यक्तिहरु लुटेर होस् वा ठगे, अपराध गरेर होस वा कू-कर्म गरेर धनी बनेका छन् ।’, नेपालले भने, ‘यस्ता सबै प्रवृत्तिलाई नियन्त्रण गर्नको लागि राज्यको सबै संरचना इमान्दार हुनुपर्छ ।’
बैठकमा अध्यक्ष नेपालले हाल मुलुकमा देखिएको अर्थतन्त्रमा रहेका समस्याहरुलाई १५ वटा बुँदामा प्रस्तुत गरेका छन् । सोही क्रममा अध्यक्ष नेपालले अराजकताकै कारण मुलुकमा भ्रष्टाचार मौलाएकोसमेत टिप्पणी गरेका छन् । त्यस्तै, इमानदारिता र कर्तव्यनिष्ठ भएर मेहनत गर्ने प्रवृत्तिमा कमी आउनु पनि नेपाली अर्थतन्त्रमा देखा परेका समस्याहरुको कारण रहेको उनको भनाई रहेको छ ।
यस्ता छन् नेपालले प्रस्तुत गरेका अर्थतन्त्रका १५ बुँदे समस्याः
१. न्यून आर्थिक वृद्धि
२. उच्च मुद्रा स्फीति
३. मुल्य वृद्धि
४. जनशक्ति पलायन
५. न्यून लगानी
६. न्यून पुजिँगत खर्च
७. तरलताको संकुचन
८. घट्दो राजश्व परिचालन
९. उच्च ब्याजदर
१०. बाह्य क्षेत्रको सन्तुलन चाप
११. भुक्तानी श्रृङखला टुट्नु
१२. जमिन बाँझो हुँदै जाने समस्या
१३. खाद्य संकटको नजिक
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्