काठमाडौँ । माई खोला हाइड्रोपावरको आइपीओ मंगलबार (वैशाख १९ गते) बाँडफाँट भएको छ । कम्पनीले वैशाख ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणका लागि बिक्री गरेको कुल १२ लाख ६९ हजार ४११ कित्ता आइपीओ आज बाँडफाँट गरेको हो ।
यसमा १ लाख २६ हजार ९४१ जना सर्वसाधारण आवेदकले सेयर हात पारेका छन् । जसमध्ये १ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कुल १३ लाख ६३ हजार २६६ जनाले आवेदन दिएकामा ९५ हजार ९८१ जनाको आवेदन रद्द भएको थियो ।
लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, माई खोला हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्