काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले देउवा पत्नी आरजु राणाले नियोजित टेलिभिजन कार्यक्रम गरेको आरोप लगाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै सांसद झाले देशभर भ्रष्टाचारविरुद्धको आगो सल्किएका बेला कांग्रेस नेतृ आरजु राणाले दिएको टेलिभिजन अन्तर्वार्ता पूर्ण रुपमा नियोजित रहेको आरोप लगाएका हुन् ।
‘सुनियोजित रुपमा केही सेटिङ्गमा गरिएको टेलिभिजन अन्तर्वार्ताहरुले सबै प्रश्नको जवाफ दिँदैन ।’, आरजु राणालाई ईंकित गर्दै सांसद झाले भने, ‘त्यति गर्दैमा त्यसले सबै चिज पखालियो भन्ने भ्रम पनि नरहोस् ।’
त्यस्तै, सांसद झाले आफूहरुले ठूलो अपेक्षा गरेर संसदमा उठाएको प्रश्नको जवाफबाट सरकार पक्ष पन्छिन खोजेको आरोप समेत लगाएका छन् । ‘सत्तापक्षकै सांसद अनसन बस्नुपर्ने बाध्यात्मक परिस्थितिमा हामीलाई पनि त्यही सन्देश दिन खोजेको हो यो सरकारले ?’, संसदमा प्रश्न गर्दै उनले भने, ‘यदी हो भने, हामी पनि अनसन बस्न तयार छौँ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्