काठमाडौं । मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा जेठ ३२ गते हुने भएको छ । लघुवित्तको जेठ १० गते बसेको संचालक समितिको बैठकले साधारणसभा बस्ने निर्णय गरेको हो ।
साधारणसभाले अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जान उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया तथा कार्य गर्ने अख्तियारी पूर्ण रुपमा सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, प्रबन्धपत्र र निमायवलीमा नियमनकारी निकायबाट संशोधन वा परिवर्तन गर्न निर्देशन भएमा सोहीबमोजिम गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गरिने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्ने भएको छ ।
सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिका नयाँ सदस्यको नियुक्ति तथा अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै,आर्थिक वर्ष २०७८/७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ ।