×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रधानमन्त्रीद्वारा मौलाकालि केबलबार उद्घाटन (फोटो-कथा)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मौलाकाली केबलकारको उद्घाटन गरेका छन् । सोमबार प्रधानमन्त्री दाहालले नवलपुरको गैंडाकोटमा निर्माण भएको मौकाली केबलकारको उद्घाटन गरेका हुन् ।

नयाँ वर्षको अवसरमा बैशाख १ गतेदेखि सञ्चालनमा आए पनि बैशाख १८ गते (सोमबार)देखि मौलाकाली केबलकार औपचारिक रुपमा सञ्चालनमा आएको हो । मौलाकाली केबलकार निर्माण थालिएको एक वर्ष बितेलगत्तै सञ्चालनमा आएको हो । उक्त केबलकार एक हजार दुई सय मिटर लम्बाइको छ । यहाँ कुल १४ डब्बा (गान्डोला) छन् । एउटा डब्बामा एकपटकमा आठ जना यात्रु बस्न मिल्छ भने फेदीबाट केबलकार चढेपछि पाँच मिनेटमा मन्दिर नजिकैको स्टेसनमा पुगिन्छ । त्यहाँबाट करिब ५ मिनेट हिँडेपछि मौलाकालिका मन्दिर पुगिन्छ ।

मौलाकाली केबलकार आयोजनामा मुख्य लगानीकर्ता आइएमई समूहको ५१ प्रतिशत सेयर छ । बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहेको समूहका अध्यक्ष चन्द्र ढकालले बताएका छन् । उद्घाटनका खास झलक फोटो फिचरमा हेर्नुहोस्ः 

सबै फोटो : प्रदीप राज वन्त

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: