×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमसीसी कार्यान्वयनबारे अर्थमन्त्री महत र जेनाथन ब्रुक्सबीच भेटवार्ता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एमसीसी कार्यान्वयनबारे अर्थमन्त्री महत र जेनाथन ब्रुक्सबीच भेटवार्ता

Artha Sarokar

९ जेष्ठ २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतसंग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसिको एशिया, यूरोप, प्यासिफिक र लेटिन अमेरिकाका कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सले नेतृत्व गरेको एक प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।

भेटवार्ताका क्रममा एमसीसी परियोजनाको कार्यान्वयनबारे छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । एमसिसि सम्झौता कार्यान्वयनमा जाने मिति (अगष्ट २०२३) नजिकै आएको र यो कार्यान्वयनमा गएको मितिले ५ बर्षभित्र आयोजना सम्पन्न गरिसक्नु पर्ने सन्दर्भमा यसको पूर्वतयारीका अवस्थाको बारेमा जानकारी लिन एमसिसिका पदाधिकारीको भ्रमण भएको हो ।

भेटघाटका क्रममा डेपुटी भाइस प्रेसिडेण्ट जोनाथन ब्रुक्सले जग्गा प्राप्ति, खरिद प्रकृया जस्ता पूर्वतयारीका काममा भएको प्रगतिप्रति सन्तोष व्यक्त गरे । त्यस्तै, सम्झौता कार्यान्वयनमा जानुपूर्व सम्पन्न भै सक्नुपर्ने बाँकी कार्यका बारेमा पनि दुवै पक्षबीच विस्तृत छलफल भएको सचिवालयले जनाएको छ ।

सोही क्रममा अर्थमन्त्री डा.महतले यो आयोजना पूर्वनिर्धारित समयावधिभित्रै सम्पन्न भई नेपालको आयोजना व्यवस्थापनमा उदाहरणीय बन्न सक्ने विश्वास व्यक्त गरेका छन् । त्यस्तै, उनले आयोजना चक्रमा आउने महत्वपूर्ण विषयहरुलाई कानूनको पक्रिया पूरा गरी यथाशीघ्र टुंग्याउने प्रतिवद्धतासमेत जनाएका छन् । डा.महतले एमसिसि आयोजनाको सफलता अन्य आयोजनाका लागि पनि अनुकरणीय हुने विचार व्यक्त गर्दै एमसिसिका पदाधिकारीलाई नेपाल भ्रमण गरी छलफल गरेकोमा धन्यवाद व्यक्त गरेका छन् । भेटमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनको पनि सहभागिता रहेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी