×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लागू भयो एमडीएमएस प्रणाली, दर्ता नभएका मोबाइल नचल्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लागू भयो एमडीएमएस प्रणाली, दर्ता नभएका मोबाइल नचल्ने

१ जेष्ठ २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आजबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली लागू भएको छ । मोबाइल फोनको अवैध आयात, प्रयोग र बिक्रीवितरण रोक्नका लागि नेपाल दूरसञ्चार प्राधिकरणले एमडीएमएस लागू गरेको हो ।

२६ बैशाखको मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेसँगै प्राधिकरणले शनिबार सार्वजनिक सूचना जारी गर्दै जेठ १ बाट एमडीएमएस व्यवस्था सञ्चालनमा आउने जानकारी दिएको थियो । योसँगै अब एमडीएमएसमा दर्ता नभएका मोबाइलहरु नचल्ने हुने भएका छन् ।

यसअघि प्राधिकरणले २०७८ साउन र २०७९ भदौमा पनि एमडीएमएस प्रणाली आंशिक रूपमा लागू गरेको थियो । तर, वैदेशिक रोजगारीबाट फर्किएका नेपाली श्रमिकले ल्याएका मोबाइल फोनको पनि कर र भन्सार शुल्क तिर्नैपर्ने व्यवस्थाका कारण यसको व्यापक विरोध भएको थियो । जनस्तरमै आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल प्रणाली लागू नगर्न निर्देशन दिएका थिए ।

हाल भने वैदेशिक रोजगारीमा जानेहरूले भने अब स्वदेश फर्किदा २ वटासम्म मोबाइल ल्याउन पाउने भएका छन् । प्राधिकरणका अनुसार व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँचपास भएका मोबाइल सेट एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुनेछन् । विदेशबाट २ वटा मोबाइल ल्याउनका लागि श्रम स्वीकृति लिएर कम्तिमा ६ महिना विदेशमा रही काम गरेको हुनैपर्ने अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले जनाएको छ । अर्थात भिजिट र स्टुडेन्ट भिसामा विदेश गएकाहरुले साथमा अतिरिक्त फोन ल्याउन नपाउने भएका छन् ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई कम्तीमा ६ महिना लगातार काम गरेर फर्किएका नेपाली नागरिकले मात्रै दुई थान मोबाइल फोन ल्याउँदा कुनै पनि महसुल तिर्नुपर्दैन । अन्यले भने एकभन्दा बढी फोन ल्याउँदा व्यावसायिक हिसाबले फोन ल्याएसरह कर तिर्नुपर्छ । फोनको मूल्यका आधारमा २.५ प्रतिशत अन्तः शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी