Skip to content
LAXMI SUNRISE BANK

आइएमई जनरल र प्रुडेन्सियलबीच मर्जर, ‘आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स’को नामबाट एकीकृत कारेबार सुरु

अर्थ सरोकार

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरेका छन् । काठमाडौंमा एक कार्यक्रमकाबीच औपचारिक रुपमा दुई निर्जीवन बीमा कम्पनीले समझदारी गरी ‘आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको’ नामबाट एकीकृत कारोबार थालनी गरेका हुन् ।

आईएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सको मर्जर पाँचौं सफल मर्जर हो । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई पुँजी वृद्धि गर्न निर्देशन दिएपछि १२ निर्जीवन बीमा कम्पनी ६ वटामा कायम हुने गरी मर्जर प्रक्रियामा सहभागी भएका थिए । मर्जर प्रक्रियामा सामेल भएका १२ मध्ये १० निर्जीवन कम्पनीले एकीकृत कारोबार थालनी गरेका छन् । अन्य २ कम्पनी मर्जर प्रक्रियामा छन् ।

मर्जर कार्यक्रमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सेवाग्राहीहरुले ईन्सुरेन्सले पारदर्शी ढङगले सेवा दिदैन भन्ने हल्ला सुनेको भन्दै राम्रा कुरालाई लिएर अगाडि बढ्न आईजीआई प्रुडेन्सियललाई सुझाव दिएका छन् ।

‘सेवाग्राहीहरुलाई पारदर्शी ढंगले इन्स्योरेन्सको सफाई पाइँदैन भन्ने पनि सुनिन्छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स मर्जरपछि राम्रो कुराहरुलाई लिएर अगाडि बढेस् ।’, उलने भने, ‘नराम्रो काम आजकै दिनदेखि बन्द गरेर अरु इन्स्योरेन्स कम्पनीले पनि सिक्ने हिसाबको सन्देश लिएर जान सकोस् ।’

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK