×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सम्बोधन हुँदै मिटरब्याज पीडितको समस्या, अध्यादेशमार्फत कानून बनाउने सरकारको तयारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सम्बोधन हुँदै मिटरब्याज पीडितको समस्या, अध्यादेशमार्फत कानून बनाउने सरकारको तयारी

Artha Sarokar

२० बैशाख २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले मिटरब्याजसँग सम्बन्धित समस्या समाधान गर्न अध्यादेश ल्याउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको हो ।

लामो समयदेखि आन्दोलनरत रहेको मिटरब्याज पीडितको समस्या समाधान गर्न लागि अध्यादेश ल्याउने तयारी गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘मन्त्रिपरिषद्को बैठकबाट मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानुनी रुप दिन अध्यादेश राष्ट्रपतिकोमा सिफारिस गर्ने भन्ने निर्णय भएको छ ।’– मन्त्री शर्माले भनिन् ।

यसअघि नै सरकारले मिटरब्याजलाई अनुचित लेनदेनको रुपमा फौजदारी अपराध मान्ने गरी कानून संशोधन गर्न लागेको थियो । सोही कानून संशोधनका लागि अध्यादेश ल्याउने तयारी गरिएको मन्त्री शर्माले बताएकी छिन् ।

हाल संसद अधिवेशन स्थगित भएकाले सरकारले अध्यादेशमार्फत कानून ल्याउन लागेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी