काठमाडौं । मिटरब्याजीलाई ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना हुने भएको छ । शुक्रबार सरकारले केही नेपाल ऐन संशोधन गर्दै अनुचित लेनदेन कारोबारीलाई सजाय थप गरेको अध्यादेश राजपत्रमा प्रकाशित गर्दै यस्तो व्यवस्था भएको जानकारी दिएको हो ।
उक्त अध्यादेशअनुसार मौजुदा मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ (क) थप गर्दै सरकारले मिटरब्याजीलाई सजया बढाएको हो । संशोधित कानुन लागु हुनुअघि भएको लेनदेनको कारोबारको आधारमा ऋणीलाई दुःख दिएमा सात वर्षसम्म जेल सजाय हुने व्यवस्था गरिएको छ ।
त्यस्तै, लेनदेन नभएको वा नगरेको रकम दिएको लिखत तयार गर्ने, लेनदेन गरेको रकमभन्दा बढी रकमको लिखत तयार गर्ने, लेनदेन गर्दा नै ब्याज रकमसमेत साँवामा जोडी लिखत तयार गर्ने सजायको भागिदार हुने संशोधित कानुनमा उल्लेख गरिएको छ । योसँगै ऋणीबाट रकम वा कुनै अन्य चल अचल सम्पत्ति लिएको रहेछ भने ऋणीलाई त्यस्तो रकम वा चल अचल सम्पत्ति बराबरको रकम कसूरदारबाट भराइने व्यवस्थासमेत गरिएको छ ।
यस्तो छ संशोधित कानुनः
मुलुकी-संहिता-सम्बन्धी-केही-नेपाल-ऐनलाई-संशोधन-गर्ने-अध्यादेश-२०८०-अरि-२
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्