×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मोदी इनर्जीको आइपीओ बाँडफाँट, ५ लाख ६१ हजार २ सय २६ जनाले पाए सेयर

PRIME CA

मोदी इनर्जीको आइपीओ बाँडफाँट, ५ लाख ६१ हजार २ सय २६ जनाले पाए सेयर

३१ बैशाख २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मोदी इनर्जीको आइपीओ वैशाख ३१ गते आइतबार बाँडफाँट भएको छ । उक्त आइपिओमा ५ लाख ६१ हजार २ सय २६ जना आवेदकहरुले १० कित्ताका दरले सेयर हात परेका छन् ।
सो आइपीओमा कुल १२ लाख ३६ हजार २ सय ६९ जना आवेदकले आवेदन दिएकामा ६ हजार ५२८ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ । कम्पनीले कर्मचारीले आवेदन नदिएको सेयरसमेत थप गरेर सर्वसाधारणलाई ५६ लाख १२ हजार २६० कित्ता सेयर बाँडफाँट गरेको हो ।
मोदीले वैशाख १९ गतेदेखि २४ गतेसम्म ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी सर्वसाधारणका लागि ५५ लाख ५९ हजार ४२० कित्ता सेयर निष्कासन गरेको थियो । कुल ७२ लाख ५० हजार कित्ता आइपीओमध्ये २९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई यसअघि नै बाँडफाँट गरिसकेको थियो ।
लगानीकर्ताले आइपीओको नतिजा बिक्री प्रबन्धक सनराइज क्यापिटल र मोदी इनर्जीको वेबसाइटबाट हेर्न सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: