काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायण प्रसाद दाहालले शरणार्थी प्रकरणले देशलाई अन्तर्राष्ट्रिय स्तरको बदनाम गरेको टिप्पणी गरेका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा उनले नक्कली भुटानी शरणार्थी प्रकरण भ्रष्टचार मात्र नभई देशद्रोहीको कार्य भएको र यसले अन्तराष्ट्रिय तथा कुटनीतिक क्षेत्रमा नयाँ चुनौती थपिएको बताएका हुन् ।
‘नक्कली भुटानी शरणार्थी प्रकरण भ्रष्टाचार मात्र नभई देशद्रोही मानव वेचविखन प्रकृतिको अपराध हो ।’, उनले भने, ‘यसले गर्दा सिङ्गो देशको राजनीति क्षेत्र न्यायिक,प्रशासनीक,सरक्षा निकाय, अन्तराष्ट्रिय तथा कुटनीतिक क्षेत्र तरङगित मात्र हैन सबैमा नयाँ चुनौती थपिएको अनुभुति भएको छ ।’
बैठकमा बोल्दै सांसद दाहालले सरकारको नेतृत्वमा रहेका नेता र उच्च ओहोदाको कर्मचारी नै यस अपराधमा संलग्न भएको कुराले देश नै स्तब्ध जस्तो भएको बताएका छन् ।
त्यस्तै, उनले यस्तो कार्यमा दोषि कोही पनि नछुटोस भन्ने कुरामा सरकार प्रष्ट हुनुपर्ने धारणा राखेका छन् । यस्ता खालको अपराधहरु नियन्त्रण गर्न सबै राजनीतिक दलअरु एक ढिक्का भएर अगाडी बढ्नु पर्ने उनको भनाई रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्