×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मोदीको जापान हाइलाइट्सः बाइडेन र सुनकसँग अंकमाल, हिरोसिमामा गान्धीको प्रतिमा अनावरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मोदीको जापान हाइलाइट्सः बाइडेन र सुनकसँग अंकमाल, हिरोसिमामा गान्धीको प्रतिमा अनावरण

Artha Sarokar

९ जेष्ठ २०८०, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । जी७ को बैठकमा सहभागी हुन जापान पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापान भ्रमण सकेर पपुवा न्यु गिनी प्रस्थान गरेका छन् । युद्धग्रस्त क्षेत्र जापानको हिरोशिमामा आयोजित जी७ शिखर सम्मेलन २०२३ मा भाग लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले जापान भ्रमण समानपन गरेका हुन् । सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले जापानका प्रधानमन्त्री फुमियो किशिदा र जापान सरकारप्रति कृतज्ञता व्यक्त गर्दै आफ्नो जापान भ्रमण फलदायी भएको बताएका छन् ।

‘यो जापानको भ्रमण फलदायी रह्यो। जी७ शिखर सम्मेलनमा धेरै विश्व नेताहरूसँग भेट भयो र उनीहरूसँग विभिन्‍न मुद्दाहरूमा छलफल भयो ।’, प्रधानमन्त्री मोदीले आफू पपुवा न्युगिनी जाँदै गरेको जानकारी दिँदै भनेका छन् ।

भारतीय प्रवासीहरूले जापानमा प्रधानमन्त्री मोदीलाई स्वागत
जापान पुगेपछि प्रधानमन्त्री नरेन्द्र मोदीलाई हिरोसिमाको शेराटन होटलमा भारतीय डायस्पोराका सदस्यहरूले भव्य स्वागत गरेका थिए । प्रधानमन्त्री मोदीलाई स्वागत गर्ने क्रममा बालबालिकासहित भारतीय समुदायका मानिसले राष्ट्रिय झण्डा बोकेका देखिएका थिए ।

जी७ को अध्यक्षता भारतले गरिरहेकोले पनि जी७ को शिखर सम्मेलनमा आफ्नो उपस्थिति विशेष अर्थपूर्ण भएको मोदीको भनाई छ । सोही क्रममा भारतीय प्रधानमन्त्री मोदीले जापानमा रहेका भारतीय समुदायसँग पनि कुराकानी गरेका थिए ।

महात्मा गान्धीको प्रतिमा अनावरण
जापान पुगेपछि प्रधानमन्त्री मोदीले हिरोसिमामा महात्मा गान्धीको प्रतिमा अनावरण गरेका थिए । आफ्ना अनुयायीहरूसँग तस्बिरहरू साझा गर्दै प्रधानमन्त्री मोदीले भने, ‘हिरोशिमाको यो प्रतिमाले धेरै महत्वपूर्ण सन्देश दिन्छ ।’, उनले भनेका छन्, ‘शान्ति र सद्भावको गान्धीवादी आदर्शहरू विश्वव्यापी रूपमा प्रतिबिम्बित हुन्छन् र लाखौंलाई शक्ति दिन्छ ।’

मोदीद्वारा टोमियो मिजोकामी र हिरोको ताकायामासँग विशेष भेट
जापान भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले विश्व नेताहरू र धेरै व्यक्तिहरूसँग भेट गरेका थिए । तर, पद्म पुरस्कार विजेता प्रोफेसर टोमियो मिजोकामीसँग विशेष भेट गरेको बताइएको छ ।

टोमियो एक प्रतिष्ठित हिन्दी र पञ्जाबी भाषाविद् हुन् । टोमियो जापानी जनतामाझ भारतीय संस्कृति र साहित्यको प्रवर्द्धन गर्न महत्वपूर्ण योगदानकर्ता हुन् । यसबाहेक प्रधानमन्त्री मोदीले जापानी कलाकार हिरोको ताकायामालाई पनि भेटेका छन् र उनको चित्रहरूमा भारतको भावना समाहित गरेकोमा प्रशंसा समेत गरेका छन् । ‘हिरोशिमामा प्रोफेसर टोमियो मिजोकामीसँग कुराकानी गर्न पाउँदा खुसी थिएँ । एक पद्म पुरस्कार विजेता, उहाँ एक प्रतिष्ठित हिन्दी र पञ्जाबी भाषाविद् हुनुहुन्छ ।’, प्रधानमन्त्री मोदीले भनेका छन्, ‘उहाँले भारतीय संस्कृति र साहित्यलाई जापानका जनतामाझ लोकप्रिय बनाउन धेरै प्रयास गरेका गर्नुभएको छ । त्यसैगरी जापानी चित्रकार हिरोको ताकायामासँग न्यानो कुराकानी भएको छ ।’

जी७ शिखर सम्मेलनको साइडलाइनमा क्वाड लिडरहरूको बैठक
जापानमा प्रधानमन्त्री नरेन्द्र मोदी दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएका थिए । जसमा जी७ शिखर सम्मेलन र क्वाड बैठक रहेका छन् । प्रधानमन्त्री मोदीको जापान भ्रमण उनको तीन देशको भ्रमणको एक हिस्सा हो, जसमा प्रधानमन्त्री मोदीको जापान भ्रमण पछि पपुवा न्यू गिनी र अष्ट्रेलियाको भ्रमण हुनेछ । तीन देशको भ्रमणमा प्रधानमन्त्री मोदीले शिखर सम्मेलन, द्विपक्षीय भेटघाट र अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री ऋषि सुनक र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलगायत केही विश्व नेताहरूसँग कुराकानी गरेका छन् ।

जापानमा भएको जी७ शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री ऋषि सुनकसँग केही क्षणहरू साझा गरे । एकपटक प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेन हिरोशिमामा भेट्दा अंगालो हालेको देखियो । सोही दिन भारतीय प्रधानमन्त्रीले आफ्ना बेलायती समकक्षी ऋषि सुनकसँग न्यानो अंगालो हालेको पनि देखियो । प्रधानमन्त्री मोदीले बाइडेन र सुनकलाई अँगालो हालेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । जी७ शिखर सम्मेलन २०२३ मा नरेन्द्र मोदीले १० बुँदे कार्ययोजना प्रस्ताव गरे जसमा कोदो प्रवर्द्धन गर्न र खाद्यान्नको बर्बादी रोक्न उनले आह्वान गरे ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी