काठमाडौं । बढ्दो बेरोजगारीका कारण नेपाल दुःखी राष्ट्रहरूको सूचीमा ६३ औं स्थानमा परेको छ । सन् २०२२ को हान्केको मिजरी इन्डेक्स अनुसार नेपाल दुःखी राष्ट्रहरुको सूचीमा ३७.१८ अंक सहित ६३औं स्थानमा परेको हो ।
विश्वका सबैभन्दा दुःखी राष्ट्रहरुमा जिम्वाम्वे ४१४.७ अंकका साथ पहिलो स्थानमा रहेको छ । जिम्बावे दुःखी राष्ट्रको पहिलो नम्बरमा पर्नुको मुख्य कारण मुद्रास्फिती हो । त्यस्तै, दुःखी राष्ट्रको दोस्रो नम्बरमा भेनेजुयला, तेश्रो स्थानमा सिरिया, चौथो स्थानमा लेबनन, पाँचौ स्थानमा सुडान, छैठौं स्थानमा अर्जेन्टिना, सातौं स्थानमा यमन, आठौं स्थानमा युक्रेन, नवौं स्थानमा क्युबा र दशौं स्थानमा टर्की रहेको छ । दुःखी देशको अंग्रपक्तिमा श्रीलंका, पाकिस्तान समेत परेका छन् । छिमेकी राष्ट्र भारत यस सुचीको १०३ औं स्थानमा परेको छ ।
त्यस्तै, २०२२ मा सबैभन्दा खुशी राष्ट्रहरुको सूचीमा स्विट्जरल्याण्ड, कुवेत, आयरल्याण्ड, जापान, मलेसिया, ताइवान, नाइजर, थाइल्याण्ड, टोगो र माल्टा परेका छन् । विश्वको अन्य राष्ट्र जापान १५४औं स्थानमा, इजरायल १४५औं स्थानमा, दक्षिण कोरिया १४४औं स्थानमा, चिन १४२ औं स्थानमा, कतार १४० औं स्थानमा, डेनमार्क १३७औं स्थानमा, जर्मनी १३५औं स्थानमा, अमेरिका १३४औं स्थानमा, बेलायत १२९औं स्थानमा, अष्ट्रेलिया ११६औं स्थानमा र ओमान ११३औं स्थानमा छन् ।
यस सूचकाङ्कको सूची वर्षको अन्त्यमा बेरोजगारीको योगफल, मुद्रास्फीति, र ऋण दरहरू, प्रति व्यक्ति वास्तविक जीडीपीमा वार्षिक प्रतिशत हेरिएको थियो । आर्थिक क्षेत्रमा, दुःख उच्च मुद्रास्फीति, उधारो लागत, र बेरोजगारीबाट प्रवाहित भएको हान्केले जनाएको छ ।













