Skip to content
LAXMI SUNRISE BANK

नागरिक उन्मुक्ति पार्टीद्धारा नेपाल बन्द फिर्ता

अर्थ सरोकार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दको निर्णय फिर्ता गरेको छ । पार्टीका संरक्षक रेशमलाल चौधरीलाई उच्च अदालतले गरेको जन्मकैदको फैसला सर्वोच्चले सदर गरेसँगै पार्टीले नेपाल बन्दको घोषणा गरेको थियो ।

तर, शुक्रबार एक विज्ञप्ती जारी गर्दै पार्टीले ७ गतेदेखि हुने भनिएको नेपाल बन्दको निर्णय फिर्ता गरेको जनाएको हो ।

आफूहरुको माग सम्बोधनका लागि सरकारले पहल गरेकोले बन्द फिर्ताको निर्णय गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रधानमन्त्री ज्यूले ‘लाल आयोग प्रतिवेदन’ सार्वजनिक गरिने फौजदारी विधेयक संसदमा टेबुल भैसकेको लगायत अन्य राजबन्दीको रिहाइ कानुन संशोधन गरेस भए पनि निकाल्ने प्रतिवद्धता संसदमै जाहेर गर्नुभएकोले नेपाल बन्दको कार्यक्रम स्थगित गरिएको छ ।’– विज्ञप्तीमा उल्लेख गरिएको छ । यस्तो छ विज्ञप्तीः

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK