काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो २२८औं शाखा काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं. ९, गौंगबुमा स्थापना गरेको छ । वैशाख २५ गते सोमबार नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी तथा टोखा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामभक्त घिमिरेले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरी शाखा समुद्धघाटन गरेका हुन् ।
उक्त समाहरोह नेपाल बैंक लिमिटेड, गोंगबु शाखाका शाखा प्रबन्धक दिपा खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । टोखा नगरपालिका वडा नं. ९ का अध्यक्ष रामभक्त घिमिरे अतिथी रहेको उद्धघाटन समारोहमा नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज बराल, सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी, मुख्य प्रबन्धक लेखनाथ भुषाल, बागमती प्रादेशिक कार्यालय प्रमुख पासाङ दोर्जी शेर्पा, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख बाबुराम काफ्ले तथा स्थानीय सँघ संस्थाका प्रतिनिधि, ब्यापारी, ग्राहक तथा सर्वसाधरण नागरिकहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी कृष्ण बहादुर अधिकारीले स्थानीय जनता तथा संघ संस्थाहरुको धेरै पहिले देखिको अनुरोधलाई मनन गरेर गोंगबु शाखा खोलिएको र टोखा नगरबासीलाई प्रतिष्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैंकिङ सेवा दिने गरी नेपाल बैंक लिमिटेड आएको धारणा राखेका थिए ।
कार्यक्रममा स्थानीय शान्ति टोल सुधार समितिका अध्यक्ष गोविन्द प्रसाद पाठक, विनायक अस्पतालका अध्यक्ष के.पी. लामिछाने तथा काठमाडौं होटल व्यवसायी संघका अध्यक्ष ध्रुव बहादुर कार्कीले नेपाल बैंकले गोंगबु क्षेत्रमा शाखा विस्तार गरेकोमा खुशी व्यक्त गर्दै बैंक तथा व्यवसायीको आपसी सहकार्य अपरिहार्य रहेको र नेपाल बैंकसँग सम्बन्ध विस्तर तथा सहकार्यका र सहयोगका लागि तयार रहेको धारणा व्यक्त गरे ।
नेपालभर २२८ शाखाहरु, २०३ ए.टि.एम. साथै ५२ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको बैंकले हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत सेवा प्रवाह गरी प्रतिस्पर्धी रुपमा अगाडी बढिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्