काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बन्द हुने भएको छ ।
सरकारले मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै बिहीबार सेयर कारोबार पनि बन्द हुने भएको हो ।
बुधबार सेयर मापक नेप्से परिसूचक १६.४९ अंकले बढेर १९५९.१२ बिन्दुमा पुगेर बजार बन्द भएको थियो । पछिल्लो ९ दिनदेखि लगातार उकालो गतिमा देखिएको सेयर बजार अब आइतबार बिहान ११ बजेमात्रै खुल्नेछ ।