काठमाडौं । नेवार समुदायले जेष्ठ शुक्ल पक्ष षष्ठीका दिन बिहीबार कुवा, इनार, पोखरी, धारालगायत पानीका स्रोतमा सफा गरी सिथि नखः पर्व मनाएका छन् ।
सिथि नखः पर्वमा पानीको स्रोतको सरसफाई गर्ने गरिन्छ । वर्षातको बेला बगेर आउने भेल र खानेपानीको मुहानमा फोहर पानी मिसिएर दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरिपरि समेत सरसफाइ गरिन्छ ।
साथै, हिँउदमा पुरिएको, थुनिएको र सुकेको मुललाई वर्षातको पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मुलको सफाइ गर्ने गरिन्छ । धार्मिक मान्यता अनुसार सिथि नखःको दिन किसानले खेत बारीमा काम गर्न हुँदैन भन्ने मान्यता रहेकाले एकाबिहानै घरगोठमा रहेका गाई बस्तुको गोबर मललाई खेतबारीमा पुर्याउई घर आँगन सफा गरी सिथि नखः पर्व मनाउने चलन रहेको छ ।
त्यस्तै, जेष्ठ शुक्ल पक्ष षष्ठीका दिन भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन नेवार समुदायमा कुमारको पुजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान बारा खाने प्रचलन रहेको छ । यसरी मानिइयो सिथि नखः पर्व :


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्