काठमाडौं । एनआईसी एशिया क्यापिटलले एकै पटक तीन वटा कम्पनीहरु सँग सेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न गरेको छ ।
एनआईसी एशिया क्यापिटल लिमिटेड र भूगोल इनर्जि डेभलपमेण्ट कम्पनी लिमिटेड, एनआईसी एशिया क्यापिटल लिमिटेड र डोल्ती पावर कम्पनी लिमिटेड तथा एनआईसी एशिया क्यापिटल लिमिटेड र मेन्छियाम हाइड्रोपावर लिमिटेड बीच सेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको हो ।
उक्त सेयर रजिष्ट्रार सेवा अन्तर्गत उल्लेखित कम्पनीहरुको सर्वसाधारणमा बाँडफाँड भएको साधारण सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने, कारोबार भएको सेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज, सेयर नामसारी, सेयरधनी लगत अध्यावधिक गरी राख्ने लगायतका सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु गर्ने भएको छ ।
साथै, क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु एनआईसी एशिया क्यापिटलको ‘मोबाईल एप’ बाट समेत हेर्न सकिने भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्