Skip to content
LAXMI SUNRISE BANK

एनआइसी एशिया क्यापिटलद्वारा एकैपटक तीन कम्पनीसँग सेयर रजिष्ट्रार सम्बन्धी सम्झौता

अर्थ सरोकार

काठमाडौं । एनआईसी एशिया क्यापिटलले एकै पटक तीन वटा कम्पनीहरु सँग सेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न गरेको छ ।

एनआईसी एशिया क्यापिटल लिमिटेड र भूगोल इनर्जि डेभलपमेण्ट कम्पनी लिमिटेड, एनआईसी एशिया क्यापिटल लिमिटेड र डोल्ती पावर कम्पनी लिमिटेड तथा एनआईसी एशिया क्यापिटल लिमिटेड र मेन्छियाम हाइड्रोपावर लिमिटेड बीच सेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको हो ।

उक्त सेयर रजिष्ट्रार सेवा अन्तर्गत उल्लेखित कम्पनीहरुको सर्वसाधारणमा बाँडफाँड भएको साधारण सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने, कारोबार भएको सेयरहरुको अभिलेख राख्ने, दाखिल खारेज, सेयर नामसारी, सेयरधनी लगत अध्यावधिक गरी राख्ने लगायतका सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु गर्ने भएको छ ।

साथै, क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु एनआईसी एशिया क्यापिटलको ‘मोबाईल एप’ बाट समेत हेर्न सकिने भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK