काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले विवरण सुरक्षित राख्न नसक्ने लोकसेवालाई कार्वार्ही गर्न माग गरेकी छिन् । मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद डांगीले आयोगलाई कार्वाही गर्न माग गरेकी हुन् ।
विश्वमा प्रविधिले फड्को मारिरहँदा सरकारले चार लाख आवेदकको डेटा सुरक्षित राख्न नसक्नु लज्जास्पद भएको सांसद डाँगीले गुनासो गरिन् । ‘विश्वमा प्रविधिले फड्को मारिरहँदा नेपालमा भने सरकारी कार्यालयबाटै डाटा हराउनु लज्जास्पद हो’, उनले भनिन्, ‘लोकसेवा आयोगको डेटा रिकभर नभए सम्बन्धित निकायलाई कार्वाही गर्नुपर्छ ।’
त्यस्तै, सांसद डाँगीले गायब भएको डाटा पुनः प्राप्तिको लागि प्रसास गर्दा पनि रिकभर नभएपछि पुनः दरखास्त आह्वान गर्नु लाजमर्दो भएको बताएकी छिन् । योसँगै डाटा रिकभर नहुने भए जिम्मेवार निकायमा बसेकालाई कार्वाही गर्नसमेत माग गरेकी छिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्