काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वित्त, मौद्रिक र क्षेत्रगत नीतिबीच तालमेल मिलाइने घोषणा गरेका छन् । आर्थिक वर्ष २०८० ८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले सबै निकायको समन्वयमा समग्र आर्थिक स्थायीत्व कायम गर्न सरकारले काम गर्ने घोषणा गरेका हुन् ।
‘मागमा आएको कमी, तरलाताको संकुचल, उच्च ब्याजदर, मूल्य वृद्धि, न्यून पुँजीगत खर्च, घट्दो राजस्व जस्ता समस्या समाधान गर्न सरकारले काम गर्नेछ, राष्ट्रपति पोडेलले भने, ‘राष्ट्रीय आयको विवरणलाई समन्यायिक बनाउँदै निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य साझेदार बनाउँदै हाल अर्थतन्त्रमा देखिएका समस्या समाधान गरिने छ ।’
त्यस्तै, राष्ट्रपति पौडेलले उत्पादकत्व वृद्धि र रोजगारी सिर्जना मार्फत् मुलुकलाई सबल बनाइने घोषणा गरेका छन् । विद्यमान कर प्रशासनलाई सुधार गर्दै राजस्व प्रशासनलाई चुस्त बनाउने पौडेलले बताए । हुण्डीजस्ता अवैध कारोबारलाई नियन्त्रण गर्दै पुँजी पलायन रोक्न सक्रिय भएर काम गर्ने र चालू खर्च कटौति गर्दै पुँजी गत खर्च बढाइने पोडेलले घोषणा गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्