Skip to content
LAXMI SUNRISE BANK

नीति तथा कार्यक्रमः निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढाइने

अर्थ सरोकार

काठमाडौं । सरकारले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउने घोषणा गरेको छ । सरकारका तर्फबाट आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

वर्षौं पहिले बन्न भनिएको निजगढ विमानस्थल निर्माणको प्रक्रिया अझै अन्यौलमा रहेका बेला सरकारले निर्माण प्रक्रिया पुनः अघि बढाइने घोषणा गरेको हो ।

त्यस्तै, प्रादेशिक विमानस्थलको अध्ययन गरी निर्माण कार्य अगाडि बढाउने समेत राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् । हवाई सेवालाई सुरक्षित बनाउन सुरक्षा मापदण्ड कडाइका साथ लागू गरिने पौडेलले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK