काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको भन्दै जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन गृहमन्त्री लगायतलाई घुस खुवाउनुपर्ने भन्दै उनले विभिन्न व्यक्तिबाट आर्थिक लाभ लिएको आरोप छ । सोही अनुसार अदालतमा पक्राउ पूर्जी जारी गर्न भनिएको र अदालतले पक्राउ पूर्जी जारी गरेको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
यसअघि अदालतले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । त्यस्तै, सोही प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई जिल्ला अदालत काठमाडौंले तीनदिन हिरासतमा राख्न अनुमति दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्