×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नक्कली भुटानी शरणार्थी प्रकरणः कांग्रेसका नेता शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी, थुनिएका खाँणलाई बचाउन खोजेको आरोप !

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांँग्रेसका नेता आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई बचाउन लागि परेको र शरणार्थी प्रकरणमा थुनामा रहेका विचौलियाहरुलाई भेटेको आरोप लागेका शेर्पाविरुद्ध जिल्ला अदालत काठमाडौंले आइतबार बिहान पक्राउ पुर्जी जारी गरेको हो ।

पक्राउ पुर्जी जारी भएलगत्तै प्रहरीले शेर्पाको खोजीकार्य तीब्र पारेको छ । नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि पनि रहेका शेर्पाले शरणार्थी प्रकरणमा थुनामा रहेका विचौलियाद्वय केशव दुलाल र सानु भण्डारीलाई हिरासतमा नै भेटेर बयानमा पूर्व गृहमन्त्री खाँणलाई नपोल्न आग्रह गरेका थिए ।

त्यस्तै, उनले गृहमन्त्रालयमा नै गएर खाँणलाई बुझाएको रकम फिर्ता गरिदिने भनेर गरेको कागज पनि प्रहरीले फेला पारेको छ । शेर्पा २०७० सालमा रामेछाप १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: