काठमाडौं । भारतीय आयल कर्पोरेशन (आईओसी)ले नेपालका लागि इन्धनको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको छ ।
आईओसीले पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ३७ पैसा, डिजेल ४ रुपैयाँ १६ पैसा र मट्टितेल ३ रुपैयाँ ४८ पैसा घटेर आएको छ । योसँगै खाना पकाउने एलपी ग्याँस पनि प्रतिसिलिन्डर ३ सय ९ रुपैयाँ घटेर आएको निगमले जनाएको छ । आइओसीले हरेक १५-१५ दिनमा नेपाल आयल निगमलाई इन्धनको मूल्यसूची पठाउँछ । सो अनुरुप सोमबार पठाएको मूल्य घटेर आएको हो ।
भारतबाट इन्धनको मूल्य घटेर आए पनि नेपालमा भने तत्कालका लागि मूल्य नघट्ने भएको छ ।
हाल निगमले उपभोकतालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ, डिजेल १६५ रुपैयाँ र ग्यास प्रतिसिलिन्डर १८ सय रुपैयाँमा बिक्री गर्दै आएको छ । इन्धनको मूल्य घटेर आउँदा पनि पाक्षिक रुपमा निगमलाई दुई अर्ब १६ करोड रुपैयाँ घाटा भएको भन्दै तत्कालका लागि मूल्य घटाउन नसकिने निगमको भनाई छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको हो । हाल अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल (१५९ लिटर) कच्चा तेलको मूल्य (ब्रेन्ट क्रुड आयल) १०१ डलरमा कारोबार भइरहेको छ। गत वर्ष फागुन २४ मा कच्चा तेलको मूल्य हालसम्मकै उच्च, प्रतिब्यारेल १२३ डलरभन्दा धेरै थियो। त्यो बेलाको भाउभन्दा अहिले करिब २२ डलर कम भइसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्