काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूजस्तो प्रधानमन्त्री नेपालको इतिहासमा सितिमिति नभेटिने बताएका छन् । मंगलवार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दाबी बताएका हुन् ।
पहिलो पटक आफ्नो तर्फबाट प्रधानमन्त्रीको हैसियतले राखेको विचारहरुलाई सबैले ऐतिहासिक भनेर उठेर हात मिलाएको प्रचण्डले दाबी गरे । यस्तो विचार नेपालको संसदीय इतिहासमा दुर्लभ भेटिने हुनाले यो कुरालाई ध्यान दिएर सरकारको नीति कार्यबारे धारणा बनाउन प्रचण्डले आग्रह गरेका छन् ।
‘अघिल्लो पटक सत्ता पक्ष र प्रतिपक्ष दुवैले समर्थन गरेको प्रधानमन्त्री हुँ । यस्तो प्रधानमन्त्री सितिमिति भेटिँदैन ।’, प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालको इतिहासमा मौलिकता भेटिएको छ । म शतप्रतिशत प्रतिनिधि सभाका सदस्यहरुको समर्थन गरेर बनेको प्रधानमन्त्री हुँ ।’
त्यस्तै, प्रधानमन्त्री दाहालले सरकारले ल्याएको नीति तथा कार्यक्रममा पक्ष र प्रतिपक्ष दुवै दलहरुको विचार धारणा समेटिएको हुनाले यसको विरोध गर्नुको सैद्धान्तिक धरातल र नैतिक धरातल नभएको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्