काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले यस पटकको भारत भ्रमण हवाई रुट र सिमा समस्या समाधानका लागि उपलब्धिपूर्ण हुने विश्वास व्यक्त गरेका छन् । नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यो पटक हवाई रुट, सिमामा देखिएका समस्यालगायतका विषयमा आफ्नो भारत महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका हुन् ।
‘१७ गते म भारत भ्रमणमा जादैँछु । यो पटकको भारत भ्रमण अलि विशिष्ट हुने मैले विश्वास लिएको छु । हामी भारत भ्रमणलाई सफल बनाउन, नेपालको राष्ट्रिय हित, नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्ने एउटा विशिष्ट भ्रमण होस भन्नको निम्ति लगातार मेहेनत गरिहेका छौं ।’, उनले भने, ‘हामीले यो पटक हवाई रुटको लागि केही हुन्छ कि भन्ने कुरा लिएर जादैँछौँ । भ्रमणका क्रममा नेपालको हित र विकासको काममा कुनै पनि सम्झौता नगरिने विश्वास दिलाउन चाहान्छु ।’
त्यस्तै, प्रधानमन्त्री प्रचण्डले बजेटमा धेरै नयाँ कार्यक्रम र योजना राख्न नसके पनि ७५३ वटै पालिकामा कृषि उत्पादन वृद्धि गर्ने र युवाहरुलाई रोजगार दिने एउटा कार्यक्रम समेटिएकोले यो बजेट जनताको पक्षमा रहेको बताएका छन् । देश पछाडी पर्नु र अर्थतन्त्रमा संकट आउनुको मुख्य कारणको रुपमा रहेको संस्थागत व्यथिति, भ्रष्टाचार, बेइमानीविरुद्ध आफूले लडाँइको सुरुवात गरेको तर्क गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्