काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बालुवाटार परिसरमा तरकारी खेतीको सुरु गरेका छन् । सोमबार प्रधानमन्त्री प्रचण्डले गणतन्त्र दिवसको अवसरमा बालुवाटारमा तरकारी खेती सुरु गरेका हुन् ।
बालुवाटारमा तरकारी खेतीको सुरुवात गर्दैै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको मुख्य मेरूदण्ड कृषि भएको र यसलाई व्यवस्थित गर्नेतर्फ जोड दिनुपर्ने बताएका छन् । ‘कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ ।’, उनले भने, ‘कृषि उत्पादनमा सम्पूर्ण तागत केन्द्रित नगरी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिँदैन ।’
त्यस्तै, प्रधानमन्त्री प्रचण्डले निवास परिसरमा रहेको करेसाबारीमा काउली, काँक्रो, घिरौला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भान्टा, धनीयाँ लगायतका बीउ र बेर्ना रोपेका छन् । तरकारी खेती शुभारम्भ कार्यक्रमका लागि ‘डिक फर नेपाल’का स्वयम्सेवकहरुको सहभागीता रहेको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्