×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पक्राउ पूर्जी जारी भएपछि पूर्वगृहमन्त्री बादलका छोराको दाबी- ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो कुनै दोष छैन’

PRIME CA
GLOBAL IME BANK

पक्राउ पूर्जी जारी भएपछि पूर्वगृहमन्त्री बादलका छोराको दाबी- ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो कुनै दोष छैन’

२१ बैशाख २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएका पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापाले उक्त प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको दाबी गरेका छन् । बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै थापाले उक्त प्रकरणमा आफू निर्दोष भएको दाबी गरेका हुन् ।

विज्ञप्तीमार्फत थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धामा प्रहरीलाई सघाउने बताएका छन् ।

थापाले नक्कली शरणार्थी प्रकरण संवेदनशील विषय भएकाले घटनाको अनुसन्धानमा आफु बाधक नबन्ने बताएका छन् । ‘संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मान स्वरुप अनुसन्धान प्रक्रियालाई इमान्दारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता गर्दछु ।’– विज्ञप्तीमा उल्लखे गरिएको छ ।

त्यस्तै, उनले पटक–पटक आफूमाथि राजनीतिक प्रतिसोध साँध्न यस्ता आरोप लाग्ने गरेकोसमेत दाबी गरेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाएको अभियोगमा प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । सोही प्रकरणमा प्रहरीले पूर्वगृहसचिव सचिव टेकनारायण पाण्डे र पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पनि पक्राउ गरेको छ । प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा (बादल)को सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई मंगलवार नै पक्राउ गरेको छ ।

यसअघि प्रहरीले घटनामा संलग्न केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, अशोक पोखरेल र सन्देश शर्मा पोखरेल पक्राउ गरेका थियो । प्रहरीले पूर्वउप्रधानमन्दी रायमाझीसहित इद्रजित राईका छोरा निरज राईविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । उनीहरु अहिले फरार छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: