×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘भ्रष्टाचारविरुद्धको आन्दोलन माओवादीबाट मात्रै सम्भव छ’ : प्रधानमन्त्री

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलवार

PRIME CA
laxmi sunrise bank

‘भ्रष्टाचारविरुद्धको आन्दोलन माओवादीबाट मात्रै सम्भव छ’ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको आन्दोलन माओवादीबाट मात्रै सम्भव भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकमा उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री दाहालले विगतका अनुभवका आधारमा यसपटक सरकारको नेतृत्व भिन्न ढङ्गले सङ्कल्पका साथ लिएको बताए । उनले देशको अहिलेको आर्थिक स्थितिलाई सहजीकरण गर्ने र जनतामा सेवा प्रवाहलाई सरल गर्ने कार्यमा सरकार केन्द्रित भएको बताए । उनले भने, ‘अव राजनीतिक परिवर्तन त भयो तर राष्ट्र र जनताको जीवनमा र यसको प्रतिष्ठा अभिवृद्धि गर्ने कुरामा खासै परिवर्तन भएको छैन । यसको फाइदा जनतालाई भ्रम दिनेहरुबाट हुन थालेको छ । त्यसका लागि अव जनतामा नयाँ आन्दोलन वा नयाँ खालको क्रान्तिको आवश्यकता भएको छ ।’

प्रधानमन्त्री दाहालले जनताको पक्षमा काम गर्ने माओवादीबाट भ्रष्टाचार नियन्त्रण, सुशासन अभिवृद्धि र समृद्धि सम्भव भएको बताएका हुन् । ‘अरुले गर्दा यो सम्भव हुने कुरा होइन । त्यही दृढ सङ्कल्पका साथ  भ्रष्टाचारविरुद्धको आन्दोलन सुरु गरिएको हो । यो विद्यमान विकृति र विसंगतिका विरुद्धको आन्दोलन हो’, उनले भने।

अनियमितता, भ्रष्टाचारसम्बन्धी अन्य फाइल पनि सरकारले क्रमशः खोतल्ने जानकारी दिँदै प्रधानमन्त्री दाहालले ठूल्ठूला भ्रष्टाचारका काण्डको खोजीनीति गरिने बताए । उनले भने, ‘यसले जनतामा अब केही हुन्छ भन्ने विश्वास जगाउँछ । वर्षौंदेखि थुप्रिएर बसेको विसंगति रातारात अन्त्य हुने कुरा पनि होइन ।’
त्यस्तै, उनले पार्टीलाई राजनीतिक, वैचारिक, साङ्गठनिक र साँस्कृतिक दृष्टिले नयाँ बनाउने चुनौति रहेको बताएका छन् । पार्टी राम्रो नभए त्यसको असर सबैतिर पर्ने भएकाले पार्टीलाई राम्रो बनाउन विचारलाई स्पष्ट गर्ने, सङ्गठन र अनुशासनलाई कायम गर्ने र संस्कृति, आचरण र कार्यशैलीलाई सच्याउने कुरा नै मुख्य भएको बताए । उनले भने, ‘पार्टीका सबै निकाय व्यवस्थित बन्न नसक्दा सल्लाहकार र ज्येष्ठ कम्युनिष्ट मञ्चमा रहनुभएका कमरेडलाई उचित सम्मान र जिम्मेवारी दिन सकिएको छैन ।’
प्रधानमन्त्री दाहालले पार्टी, आन्दोलन र नेतृत्वप्रति जनतामा आशा रहेको उल्लेख गर्दै सोही आशाको बलमा आफूहरु सरकारको नेतृत्वमा आएको स्पष्ट पारे । उनले भने, ‘हामीले सरकारको मात्र नेतृत्व गरेका छैनौँ, राष्ट्रिय सहमतिको नेतृत्वको लिन पनि सक्षम भएका छौँ ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: