Skip to content
LAXMI SUNRISE BANK

‘भ्रष्टाचारका कुन फाइल खोल्ने हो खोलौं, रविजी सरकारमा आउनुहोस्’ : प्रधानमन्त्री

अर्थ सरोकार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफुहरु भ्रष्टाचारका कुनै पनि फाइल खोल्न तयार भएको दाबी गरेका छन् । चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टी पनि भ्रष्टाचारका विरुद्ध रहेकाले रवि लामिछानेसँग सहकार्य गर्न आफुहरु तयार भएकोसमेत दाबी गरेका छन् ।

कार्यक्रममा बोल्दै उनले अयोग्य लडाकुलाई दिने भनिएको २ लाखको निर्णय यसअघिकै सरकारले गरेको समेत दाबी गरेका छन् ।

सो निर्णय यसअघिकै सरकारको भएको, त्यसमा सर्वोच्चमा मुद्धा परी सर्वोच्चले पनि सो रकम बाँड्न कुनै पनि समस्या नरहेको बताएपछि आफुहरुले कार्यान्वयन मात्र गर्न खोजेको दाबी गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK