Skip to content
LAXMI SUNRISE BANK

बालकृष्ण खाँण पक्राउ परेपछि रविले दिए सरकारलाई धन्यवाद

अर्थ सरोकार

काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारलाई धन्यवाद दिएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री, गृहमन्त्री र नेपाल प्रहरीलाई धन्यावाद दिएका हुन् ।

उनले लेखेका छन्, ‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यु, धन्यवाद प्रधानमन्त्री ज्यु, यो शिलशिला नरोकियोस्। कुनै हालतमा नरोकियोस् ।’

त्यस्तै, उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषिलाई उन्मुक्ति दिने वा अनुसन्धान तुहाउने प्रयास भए आफ्नो पार्टी थप सशक्त बन्ने चेतावनी दिएका छन् । ‘खबरदार, अनुसन्धानको लहरोले ठूला नेता र तिनका सन्तानको ‘जगजाहेर ताण्डव’लाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन ।’, रविले लेखेका छन्, ‘यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई ईंकित गदै उलने लेखेका छन्- ‘प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस !’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK