×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पालैपालो प्रधानमन्त्री बन्नेगरी छुट्टै गठबन्धन बनाउन रविलाई अध्यक्ष ओलीको प्रस्ताव, पहिलो प्रधानमन्त्री लामिछाने

काठमाडौँ । प्रचण्डले गृहमन्त्री बनाउन तयार भनेको भोलिपल्ट नै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेलाई प्रधानमन्त्री बन्न अफर गरेका छन् । पालैपालो प्रधानमन्त्री हुनेगरी ओलीले लामिछानेलाई यस्तो अफर गरेका हुन् । ओलीको अफर अनुसार पहिला लामिछाने प्रधानमन्त्री हुने र दोश्रो पटक केपी ओली प्रधानमन्त्री बन्ने भनिएको छ । रास्वपाका सबै सांसदहरुलाई २ पालोगरी मन्त्री बनाउने प्रस्ताव पनि ओलीले गरेका छन्  ।
सरकारबाट बाहिरिएपछि एमालेले नयाँ गठबन्धन बनाएर प्रचण्ड नेतृत्वको सरकार जसरी पनि ढाल्ने खेलमा लागिरहँदा नेपाली राजनीतिमा नयाँ सम्भावना देखिएको हो । रास्वपाका नेताहरुले पनि ओलीबाट यस्तो प्रस्ताव आएको स्वीकार गरेका छन् । रास्वपा उपाध्यक्ष डोलप्रसाद अर्यालले एमालेबाट आएको प्रस्तावअनुसार अन्य दलसँग छलफल भइरहेको बताए । र यसका लागि आवश्यक छलफलसमेत भईरहेको उनीहरुको भनाई छ । एमालेबाट प्रधानमन्त्रीको प्रस्ताव आएपछि रास्वपा अध्यक्ष लामिछाने मंगलबार जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग छलफल गरेका छन् । प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जनमत सरकारसँग असन्तुष्ट देखिएका बेला यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
जनमत पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिएका बेला ओलीको प्रस्तावलाई निकै गम्भीर रुपमा लिईएको छ । ओलीले प्रधानमन्त्रीको प्रस्ताव गरेपछि समर्थन जुटाउने दौडमा रास्वपा सभापति लामिछाने लागेका हुन् । ओलीको प्रस्ताव अनुसार समर्थन बटुल्न सकेको अवस्थामा यहि शुक्रबार रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनेछ भने त्यसपछि नयाँ गठजोड सुरु हुनेछ ।
रवि प्रधानमन्त्री हुने देखेपछि नेपाली काँग्रेस आत्तिएको छ । काँग्रेस सभापति देउवाले यहि विषयमा छलफल गर्न रवि लामिछानेसँग भेटेका पनि छन् । काँग्रेस, एमाले र रास्वपा मिलेर ५ वर्ष शक्तिशाली सरकार चलाउने र माओवादी, समाजवादी लगायतलाई एक्ल्याउने प्रस्तावसमेत एमाले अध्यक्ष ओलीले राखेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: